नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिएको जानकारीअनुसार कात्तिक १२ गते अपराह्न २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुने समारोहमा शपथ दिलाइने छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


