नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
“आगामी शुक्रबारसम्म देशका विभिन्न भूभागमा मौसममा बदली हुने तथा वर्षा र हिमपातको पनि सम्भावना छ, आज हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ,” उनले भने “आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।”
महाशाखाका अनुसार मङ्गलबार कोशी, मधेस, बागमती र गण्डकीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । सो अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
बुधबारदेखि शुक्रबारसम्म पनि देशका हिमाली तथा पहाडी भूभागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बुधबारदेखि वर्षा र हिमपातको सम्भावना: यस्तो छ ५ दिनको मौसम पूर्वानुमान
Previous Articleप्रधानमन्त्री बालेनले एनपीएलको उद्घाटन गर्ने


