कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३-८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् ।
त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन् । सो अवधिमा पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम, १३० ग्राम गाँजा पनि बरामद गरिएको विवरणमा उल्लेख छ । प्रहरीले २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो र कोडिन सिरफका एक बोतल बरामद गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा कपिलवस्तुमा ३० जना पक्राउ
Next Article श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीसहित ४ घाइते


