ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।
युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, बेल्जियमस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, नेपाललगायत सहभागी देशका शुभेच्छुक र सञ्चारकर्मीसहित करिब एक सय जनाको सहभागितामा भएको कार्यक्रममा बेल्जियम, द नेदरल्याण्ड्स र लग्जेम्बर्गका लागि नेपालका राजदूत सेवा लम्सालले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन, समृद्ध सम्पदा तथा आरोग्य पर्यटनका विशेषताबारे जानकारी गराईन ।
नेपालले सन् २०२७ लाई अन्तरराष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउन लागेको जानकारी दिँदै नेपालको आध्यात्मिक तथा आरोग्य पर्यटनको अनुभव लिन उहाँले सहभागीलाई आग्रह गरिन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
Next Article सर प्याट्रिक स्टुअर्टको निधन



NPL Special
NPL Special