काठमाडौं, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ ५ बजे हुने फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
प्रतियोगितामा यी दुई टोलीबीच यसअघि दुई पटक प्रतिस्पर्धा भइसकेको छ। लिग चरण र पहिलो क्वालिफायर दुवैमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो। अघिल्लो संस्करणको फाइनलमा पनि सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो।
लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ। कप्तान दीपेन्द्रसिंह ऐरीले अघिल्ला खेलबाट पाठ सिक्दै टोलीले राम्रो तयारी गरेको बताएका छन्।
यता लुम्बिनीका कप्तान रोहित पौडेलले तीन दिनको विश्रामपछि टोलीले प्रभावकारी अभ्यास गरेको र उपाधिका लागि उत्साहित रहेको बताएका छन्। उनले विगतका जितले फाइनलको नतिजा सुनिश्चित नगर्ने भन्दै सुदूरपश्चिमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special