नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण नागरिकतालगायत महत्वपूर्ण काजगात नष्ट भएका बाढी प्रभावितको राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ नहोस् भनी अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
Previous Articleजापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षमा निधन
Next Article करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने


