एसियाली छिमेकी मुलुकहरू, विशेषगरी चीनसँगको सम्बन्ध सुधारमा जोड दिएका जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । जापानी व्यापारिक दैनिक निक्केईका अनुसार उनको बिहीबार हृदयाघातका कारण मृत्यु भएको हो ।
जापानका पूर्वप्रधानमन्त्रीका छोरा प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति फुकुदा सन् २००७ मा सिन्जो आबेले अचानक राजीनामा दिएपछि प्रधानमन्त्री बनेका थिए । तर, उनको कार्यकाल एक वर्षभन्दा कम रह्यो ।
अर्थशास्त्रमा स्नातक गरेका फुकुदाले राजनीतिमा प्रवेश गर्नुअघि करिब दुई दशक तेल कम्पनीमा काम गरेका थिए । सन् १९९० मा तल्लो सदनमा निर्वाचित उनी सन् २००० देखि २००४ सम्म मन्त्रिपरिषद्का मुख्य सचिव थिए ।
संसद्मा विधेयक पारित गर्ने प्रक्रिया अवरुद्ध भएको भन्दै असन्तुष्ट बनेका उनले सन् २००८ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । पद छाडेपछि उनले चीनसँगको तनावपूर्ण सम्बन्ध सुधार गर्न विभिन्न कूटनीतिक पहल गरेका थिए ।
फुकुदाका छोरा तात्सुओ पनि जापानी सांसद हुन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षमा निधन
Previous Articleश्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीसहित ४ घाइते


