मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह बढेर १ हजार ५२८.५० मिटर पुगेपछि शनिबार साँझ पहिलो चरणको चेतावनी साइरन बजाइएको छ। थप वर्षा भए बाँधका ढोका खोलेर पानी छाड्नुपर्ने अवस्था आउन सक्ने जलविद्युत् केन्द्रले जनाएको छ। केन्द्रले तल्लो तटीय क्षेत्रका बासिन्दालाई खोला किनारबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र देउराली–सिस्नेरी सडकखण्डमा सावधानी अपनाउन आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special