काठमाडौं, तीन कारोबार दिन लगातार बढेको सेयर बजारमा बिहीबार करेक्सन देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८९ अंकले घटेर बजार बन्द भएको हो।
बिहीबार कुल पाँच अर्ब ४७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। समूहगत रूपमा लगानी समूहबाहेक सबै समूहको सूचक घटेको छ। लगानी समूह भने ०.७२ प्रतिशतले बढेको छ।
यस दिन ८६ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
मूल्य बढ्नेमा युनिक नेपाल लघुवित्त ४.८८ प्रतिशतले अगाडि रहेको छ। एलएस होराइजन र एभरेस्ट कलरको मूल्य भने ४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको २४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special