दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।
निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोहीलगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् ।
दसैँका समयमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु एक करोड ७३ लाख ४४ हजार ६५० राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । नेपाली पर्यटकबाट रु १७ लाख ८३ हजार ६५०, सार्क मुलुकका पर्यटकबाट रु आठ लाख ३१ हजार र तेस्रो मुलुकका पर्यटकबाट रु एक करोड ४७ लाख ३० हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमनास्लुको स्याउ गोदाममै थन्कियो



NPL Special
NPL Special