काठमाडौं, एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले नेपालसामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो।
पाकिस्तानका लागि रोहेल नाजिरले सर्वाधिक अविजित ६४ रन बनाए। त्यस्तै हसन नवाजले २८ र अहमद दानियालले १६ रनको योगदान दिए।
नेपालका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। उनले आठ ओभरमा ३९ रन खर्चिए। त्यस्तै अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक–एक विकेट हात पारे।
१६९ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special