काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार २०६ जना चालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजो कात्तिक ९ गतेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार १६५ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ४१ जनालाई कारबाही गरिएको हो ।
कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेकामध्ये ६६ जना सार्वजनिक सवारीका चालक छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ४१ जना सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए ।
मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख काफ्लेले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleह्यारी केनले जिते बालोन डी’ओर
Next Article एनपिएल सुरक्षार्थ ११२४ प्रहरी परिचालन


