त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ ।
विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फ रहेको कार्गो कम्प्लेक्स भवनको ‘ए साइड’ मा जडान गरिएको एक्सरे मेसिनबाट कार्गो सामान स्क्रिनिङ गर्ने क्रममा शङ्कास्पद अवस्थामा उक्त परिमाणको चुरोट फेला परेको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार स्काइकिङ लजिस्टिक प्रालिमार्फत विदेश पठाउन लागिएको एक कार्टुन सामान एक्सरे मेसिनबाट जाँच गर्दा शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई थप परीक्षण गरिएको थियो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले शङ्कास्पद कार्टुन खोलेर जाँच गर्दा आवश्यक कानुनी कागजपत्र पूरा नगरी विदेश पठाउन लागिएको ‘सूर्य लक्जरी किङ’ लेखिएको चुरोट फेला परेको जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
Next Article एनपिएलमा आज दुई खेल



Ad
Ad