गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका बाँकेका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।
भोटेकोशी बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौँस्थित अस्पतालमा र बाँकेमा रहेका १६ जनाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले जानकारी दिए ।
भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ जना हालसम्म बेपत्ता छन् । तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए
Next Article ह्यारी केनले जिते बालोन डी’ओर


