काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव फरकफरक स्थानमा फेला परेको हो ।
सुनकोशीमा सुमोसँगै डुबेर बेपत्ता बनेका पुर्कुटी र राईको सनाखतपछि परिवारले शव घरतर्फ ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका-१४ लेखानीस्थित सुनकोशी नदी र राईको शव हिजो सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित सप्तकोशी नदीमा फेला परेको हो ।
मृतकका परिवारले दुवै जनाको शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षण गर्ने तयारी गरेका छन् । काठमाडौँबाट चालकसहित १० जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो यही कात्तिक-१ गते राति सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खसेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपिएल सुरक्षार्थ ११२४ प्रहरी परिचालन
Next Article विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद



NPL Special
NPL Special