गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। सोमबार अपराह्न स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको गाडी सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल लगिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


