काठमाडौं, नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रको विकास र आधुनिकीकरणमा योगदान पुर्याएका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। संघको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उनलाई सम्मान गरेका हुन्।
पौड्यालले नेपाल बैंकर्स संघको अध्यक्ष, नबिल बैंकको अध्यक्ष तथा एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए।
यसैबीच, साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई संघको नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल उपाध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास बढाउने प्रतिबद्धता जनाएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special