Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
सुरक्षा अवस्था बिग्रन सक्ने भन्दै सिरहाको गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ।
सभामुख अर्यालले सुनसरी घटनाबारे संसद्मा सम्बोधन गर्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्।
मन्त्रिपरिषद्ले विभिन्न आठ विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
सरकारले सुरक्षित, हरित र प्रविधिमैत्री यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित राष्ट्रिय यातायात नीति २०८३ लागू गरेको छ।
देवानगञ्ज घटनापछि हवाई गस्ती र संयुक्त सुरक्षा परिचालनसँगै प्रभावित क्षेत्रमा कर्फ्यु यथावत् राखिएको छ।
मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
सरकारसँग सहमति हुन नसक्दा चिकित्सकहरूको आन्दोलन जारी रहँदा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित बनेका छन्।
लगातार तेस्रो दिन नेप्से घट्दै २६८८ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि घटेको छ।
सर्वोच्च अदालतले मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण रोक्न अन्तरिम आदेश दिएको छ।
सुनसरी घटनाको शान्तिपूर्ण समाधानका लागि प्रमुख राजनीतिक दलहरूले संवाद, संयमता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तका लागि सिफारिस गरिएका नाम सर्वसम्मत अनुमोदन गरेको छ।
उद्योगी–व्यवसायीका समस्या छिटो समाधान गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने भएको छ।
भारतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई औपचारिक भ्रमणका लागि निमन्त्रणा दिएको पुष्टि गरेको छ।
मानव अधिकार आयोगले स्वास्थ्य सेवा बन्दले नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै सेवा सुचारु गर्न आग्रह गरेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
नेप्से लगातार दोस्रो दिन घट्दै २,६९६.६७ विन्दुमा पुग्दा कारोबार रकम पनि ४.४२ अर्ब रुपैयाँमा सीमित भएको छ।
अवैध गतिविधिमा संलग्न रहेको आरोपमा नेपालले साढे पाँच वर्षमा २,५५७ विदेशी नागरिकलाई डिपोर्ट गरेको छ।
एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्ने संख्या चार पुगेको छ।
नारायणी अस्पतालका चिकित्सकहरूले आक्रमण र प्रशासनको व्यवहारको विरोधमा सामूहिक राजीनामा दिँदै सेवा प्रभावित बनाएका छन्।
सुनसरी घटनाको विरोधमा प्रदर्शन जारी रहँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ भने प्रभावित क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा कायम छ।

