Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
चिकित्सकमाथि भएको आक्रमण र दुव्र्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ।
आन्तरिक राजस्व विभागले बिजुलीमा भ्याट १ साउनदेखि मात्र लागू हुने र ३२ असारसम्मको खपतमा नलाग्ने स्पष्ट गरेको छ।
सुनसरी घटनापछि मानव अधिकार आयोगले निष्पक्ष अनुसन्धान, शान्ति सुरक्षा सुदृढीकरण र सामाजिक सद्भाव कायम गर्न सरकारलाई निर्देशन दिएको छ।
सुनसरी घटनापछि सरकारले सीडीओसहित सुरक्षा प्रमुखको जिम्मेवारी परिवर्तन गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ।
ग्यासको आपूर्ति नियमित रहेकाले अनावश्यक रूपमा सिलिन्डर जगेडा नगर्न उद्योगीहरूले उपभोक्तालाई आग्रह गरेका छन्।
साताको पहिलो कारोबारमै नेप्से ३३.२८ अंकले घट्दै अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।
सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय तत्काल रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
त्रिविले निष्पक्ष र मर्यादित परीक्षा सञ्चालनका लागि कडा आचारसंहिता लागू गरेको छ।
देवानगञ्ज घटनापछि सरकारले सुरक्षा अवस्था समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ।
देवानगञ्ज गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
देवानगन्जमा हिंसात्मक प्रदर्शनपछि अवस्था नियन्त्रण गर्न नेपाली सेना परिचालन गरिएको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै तीन महिनाको परीक्षण सञ्चालन सुरु भएको छ।
पहिरोले १० दिनदेखि अवरुद्ध कोदारी राजमार्गको अनुगमन गर्न मन्त्रीहरू पुगेका छन् भने स्थानीयले ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
नेपालले राष्ट्रिय परिचयपत्रका आधारमा पनि नेपालीलाई भारत प्रवेशको अनुमति दिन भारत सरकारसँग अनुरोध गरेको छ।
नेपालको पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।
डा. गोविन्द केसीका मागबारे समाधान खोज्न सरकार र उनको टोलीबीच धनगढीमा वार्ता सुरु भएको छ।
पाँच प्रदेशमा सरकार गठनसम्बन्धी एमाले–नेकपा सहमतिलाई माधव नेपालले सत्ता केन्द्रित भन्दै असन्तुष्टि जनाएका छन्।
आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्, जसमा भारत पहिलो स्रोत बजार बनेको छ।
एमबीए प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक भएको घटनाको छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ।
एमबीएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने त्रिविले घटनाको छानबिन समिति गठन गरेको छ।

