तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नमतदान गर्दैछन् । सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ ।
नेतान्याहुले पूर्वसैन्य प्रमुख गदी आइसेनकोटसहित उनलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गरेका छन् । कुनै पनि दलले एक्लै बहुमत ल्याउने सम्भावना नरहेकाले सरकार गठनका लागि गठबन्धन र लामो वार्ता आवश्यक हुन सक्छ । अरब नेतृत्वका दलहरू निर्णायक बन्न सक्नेछन् ।
नेतान्याहुका समर्थकले उहाँलाई युद्धको नेतृत्व गर्न सक्ने अनुभवी राजनीतिज्ञ र यहुदी पहिचानका रक्षकका रूपमा हेर्छन् । तर विपक्षीहरूले भ्रष्टाचारसम्बन्धी मुद्दा, गाजाको युद्ध र बन्धक सङ्कटलाई लिएर उहाँको आलोचना गर्दै स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाएको तथा अति-रूढिवादी यहुदी पुरुषलाई अनिवार्य सैनिक सेवाबाट छुट दिएको आरोप लगाएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
Previous Articleसुनको मूल्य बढ्योः चाँदीको घट्यो
Next Article एनपीएल: विराटनगर किंग्स टस जितेर पहिले बलिङ गर्ने



NPL Special
NPL Special