चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । सरकारी अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् ।
मुख्यमन्त्री पेमा खाण्डुका अनुसार, सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्धको प्रदर्शनका क्रममा शुक्रबार राति हिंसा भड्किएको थियो ।
खाण्डुका अनुसार भीडले ठूलो मात्रामा सम्पत्ति नष्ट गर्नुका साथै प्रहरी चौकी र एनएचपीसीको कार्यालयमा तोडफोड गरेको छ भने निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट पनि गरेको छ । प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर करिब ४० जना प्रहरी घाइते भएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, ४० प्रहरी घाइते
Previous Articleकेन्यामा बस र ट्रक ठोक्किँदा कम्तिमा २२ जनाको मृत्यु
Next Article एनपीएल विजेतालाई डेढ करोड रुपैयाँ पुरस्कार


