गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार ४१६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । गत वर्ष असोजमा ३० हजार ५४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
चालु आवमा सबैभन्दा बढी पर्यटक असोजमा भित्रिएका हुन् । भदौमा १७ हजार ९१३ र साउनमा २६ हजार ५९१ पर्यटक आएका थिए । असोज, कात्तिक मुख्य पर्यटकीय याम भएकाले योबेला पर्यटक आगमन बढ्ने गरेको आयोजना प्रमुख डा कडरियाको भनाइ छ ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । शरद याम पदयात्राका लागि उत्तम मानिने हुँदा यसक्षेत्र पदयात्रा रूचाउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए
Previous Articleसाविक विजेता लुम्बिनी लायन्सको सात विकेटको शानदार जित


