काठमाडौं, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहिरो हटाउन दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम सुरु गरिएको छ। शनिबारदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी रोकेर डाँडाको झर्न सक्ने ढिस्को काट्न थालिएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार एक्साभेटरलाई घोप्टेभिरको माथिल्लो भागमा पुर्याइएको थियो। करिब १०० मिटर उचाइबाट तहगत रूपमा पहिरोको जोखिम रहेको भाग कटान गरिने निर्माण कम्पनीले जनाएको छ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार घोप्टेभिरको मुग्लिनतर्फ १५० मिटर सडक तीन मिटर चौडा गर्ने काम पनि सँगै अघि बढाइएको छ। चुम्लिङटार र कुरिनटारबीचको डाहाकी खोलामा समेत सडक विस्तार भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँच दिनभित्र काम सम्पन्न गर्न निर्देशन दिइएको बताए।
एक महिनादेखि सुक्खा पहिरो खस्दा यस क्षेत्रमा आवागमन प्रभावित हुँदै आएको छ। पहिरोमा खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special