नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ। सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। लुम्बिनीका किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


