नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबार साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेलबाट सुरु हुँदैछ। साँझ ५ बजे सुरु हुने खेलमा लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम अघिल्लो फाइनलको हारको बदला लिन चाहन्छ। दुवै टोलीले यसपटक स्वदेशी तथा विदेशी खेलाडी समेट्दै टोलीलाई थप बलियो बनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


