मौसम पूर्वानुमान महाशाखाले १२, १३ र १४ गते देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, हिमपात, बाढी, पहिरो, चट्याङ र डुबानको सम्भावना औँल्याएपछि नेपाल विद्युत् प्राधिकरणले कर्मचारीलाई तयारी अवस्थामा राखेको छ। विद्युत् संरचनाको सुरक्षा र सेवा सुचारु राख्न तयारी गरिएको प्राधिकरणले जनाएको छ। उपभोक्तालाई सावधानी अपनाउन तथा आकस्मिक सहयोगका लागि हटलाइन नम्बर ११५० वा नजिकको नो–लाइट केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रतिकुल मौसमका लागि कर्मचारी तयारी अवस्थामा: नेपाल विद्युत प्राधिकरण
Previous Articleएनपीएल: विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य
Next Article पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



NPL Special
NPL Special