Author: chhotokhabar

चाडपर्वका बेला यात्रुसँग निर्धारित दरभन्दा बढी रकम नअसुल्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सम्बद्ध सबैलाई कडा निर्देशन दिएको छ। सरकारी नियमविपरीत मनोमानी रूपमा बढी भाडा लिने सवारीसाधनलाई कडा कानुनी दायरामा ल्याइने चेतावनी महासङ्घका महासचिव डेकनाथ गौतमले दिनुभएको छ। सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।

Read More

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ मौज्दात रहेको छ। हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ। विभिन्न खाताहरूमा गरी बुधबार राति ८ बजेसम्म कुल १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ संकलन भएको छ।सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि नै एक अर्ब रुपैयाँ…

Read More

सर्वसाधारणले आफ्नो वरपर शङ्कास्पद गतिविधि वा घटना देखे तत्काल निःशुल्क आपत्कालीन नम्बर १०० मा खबर गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ। यसका साथै, यात्रा गर्दा आफ्नो विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक नगर्न र चाडपर्वका बेला सल्बलाउने अनलाइन ठगहरूबाट जोगिन समेत प्रहरीले विशेष सचेत गराएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार चाडबाडको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न ५० हजारभन्दा बढी सुरक्षाकर्मी मैदानमा उतारिएको छ।

Read More

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठवटा द्वन्द्व समाधान गरेको भन्दै नोबेल शान्ति पुरस्कारमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू योग्य भए पनि समितिले आफू जस्ता मानिसलाई पुरस्कार दिनेमा शङ्का व्यक्त गरे। सन् २०२६ को नोबेल शान्ति पुरस्कार घोषणा यही शुक्रबार हुँदैछ।

Read More

नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ उपाध्यक्षका रूपमा सहभागी हुँदैछिन्। हालै एमाले केन्द्रीय कमिटीले उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो। राष्ट्रपति बन्नुअघि एमाले उपाध्यक्ष रहेकी भण्डारीका लागि वरिष्ठ उपाध्यक्षको हैसियतमा स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले उनको सहभागिता पुष्टि गरेका छन्।

Read More

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजरलाई घुससहित नियन्त्रणमा लिएको छ। सेवाग्राहीबाट काम गरिदिए बापत अतिरिक्त रकम माग गरिरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो। पक्राउ परेका दुवै कर्मचारीमाथि थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको आयोगले जानकारी दिएको छ।

Read More

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच मेलबर्नमा नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पक्षमा छलफल भएको छ। भेटवार्तामा वङले बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेकी छन्। दुई मन्त्रीले जलवायु परिवर्तन, विपद् व्यवस्थापन, शिक्षा, व्यापार, लगानी, पर्यटन, श्रम गतिशीलता र प्रत्यक्ष हवाई सम्पर्क विस्तारबारे पनि सहकार्य अघि बढाउने विषयमा छलफल गरेका छन्।

Read More

नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि आइसिसीको औपचारिक मान्यताको प्रतीक्षामा छ। आवश्यक कागजात पठाइसकिएको क्यानका सचिव पारस खड्काले बताए। स्वीकृति नआउँदा टोलीहरूलाई आबद्ध विदेशी खेलाडी सार्वजनिक गर्न अन्योल भएको छ। यसपटक डेविड वार्नर र मोइन अलीसहितका स्टार खेलाडी अनुबन्धित छन्। आठ टोली सहभागी प्रतियोगिता आगामी कात्तिक ९ देखि मङ्सिर ५ सम्म सञ्चालन हुनेछ।

Read More

विदेश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले चार जनालाई पक्राउ गरेको छ। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई झुक्याएर सम्पर्कविहीन भएपछि पीडितले दिएको जाहेरीका आधारमा कारबाही भएको हो। पक्राउ पर्नेमा धनुषाका योगेन्द्र राउत यादव, भक्तपुरकी एलिसा अधिकारी, दार्चुलाका हरिस सिंह महरा र बाराका राजेश प्रसाद जयसवाल छन्। उनीहरूलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Read More

उत्तर-पूर्वी दिल्लीको न्यू सीमापुरीमा बुधबार एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मृतकहरूमा एक गर्भवती महिला र दुई बालबालिका रहेका छन्। उत्तराखण्डमा आएको भूकम्पका कारण धाँजा फाटेर कमजोर बनेको २५ वर्ष पुरानो सो भवन दिउँसो अचानक भत्किएको हो। हाल भग्नावशेषबाट ११ जनाको उद्धार गरिएको छ।

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजे सुरु हुने भनिएको मतदान दिउँसो १ बजेका लागि सारिएको छ। उम्मेदवारको अन्तिम नामावली गए राति मात्र सार्वजनिक भएकाले मतपत्र छाप्न समय लागेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। निर्वाचन समितिले प्राविधिक तयारी नपुगेका कारण मतदानको समय केही घन्टा पछि सारिएको जनाएको छ। कांग्रेसको यस महाधिवेशनबाट २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदै छ। मतदानमा कुल ७ हजार २५५ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने उनीहरूका लागि काठमाडौँका विभिन्न मतदानस्थलमा व्यवस्था मिलाइएको छ।

Read More

दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित निवासमा कार्डियक अरेस्ट भएपछि उनलाई मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकले करिब ४५ मिनेट सीपीआर दिए पनि बचाउन सकेनन् र बिहान ५:२० बजे मृत घोषणा गरिएको हो। सन् १९७८ को ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका पाटेकर ‘परिन्दा’, ‘तिरंगा’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रका लागि चर्चित थिए।

Read More

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको दसैंको टीकाका लागि नेपालसहित विभिन्न देशमा उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार नेपालमा कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा टीकाको उत्तम साइत रहेको छ। विदेशमा रहेका नेपालीको सुविधालाई ध्यानमा राख्दै समितिले सम्बन्धित देशअनुसार टीकाको साइत निर्धारण गरेको हो। विभिन्न देशमा तोकिएको साइतअनुसार नेपालीले दसैंको टीका ग्रहण गर्नेछन्।

Read More

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले गरेको छापालाई सरकारले नियमित कामका रूपमा स्पष्ट पारेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारी निकायले गर्ने नियमित काममा सरकारको हस्तक्षेप नहुने बताए। विभागले बुधबार जबरासहित उनीसँग जोडिएका पाँचजनाको घरमा एकसाथ खानतलासी गरेको थियो। यसअघि असोज ११ गते जबरालाई पक्राउ गरी अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो। पछि सुरक्षा कारण देखाउँदै रिहा गरिएको थियो।

Read More

सरकारले पोर्चुगललाई काठमाडौंमा महावाणिज्य दूतावास खोल्न अनुमति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलको प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। यसअघि सरकारले काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिएको थियो। पोर्चुगलमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको अवस्थामा महावाणिज्य दूतावास खुलेपछि भिसालगायत कन्सुलर सेवाका लागि नयाँदिल्लीस्थित पोर्चुगलको दूतावास धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

Read More

सरकारले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। भोटेकोशी बाढीलाई ध्यानमा राख्दै विपद्सम्बन्धी कानुन संशोधन गर्न लागिएको हो। बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न लाग्ने १२ वर्षको अवधि घटाउने व्यवस्था पनि अध्यादेशमा समेटिनेछ।

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। सात हजार २५५ प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्नेछन्। वर्षा र प्राविधिक कारणले पूर्वनिर्धारित समयभन्दा तीन घण्टा ढिला मतदान सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सात केन्द्र तोकिएका छन्।

Read More

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेसँगै उनको सम्पत्ति तथा बैंक खाता रोक्का गर्न पत्राचार गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार अनुसन्धानका क्रममा जबरासँग सम्बन्धित व्यक्तिहरू र आफन्तका घरमा समेत छापा मारिएको छ। मोबाइलबाट खुलेका प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको भन्दै विभागले आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।

Read More

बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंकले घटेर २५७२ अंकमा कायम भएको छ। कारोबार रकम भने बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। ९९ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको घट्यो भने १३ कम्पनीको स्थिर रह्यो। बैंकिङ समूह ०.०८ प्रतिशत बढ्दा अन्य सबै समूह घटेका छन्। व्यापार समूह सबैभन्दा धेरै १.३८ प्रतिशतले घटेको छ।

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ता लिँदै उनले पार्टी संकटमा रहेको र विशेष परिस्थितिमा महाधिवेशन भइरहेकाले बृहत्तर एकताका लागि निर्णय लिएको बताए। यसअघि मंगलबार अन्तिम समयमा उम्मेदवारी दर्ता गरेका राठौरले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्विरोध निर्वाचन उचित नहुने बताएका थिए। अब सभापतिमा गगन थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

Read More