Author: chhotokhabar

सरकारले असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोबाट प्रभावित गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। घोषणासँगै प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

Read More

दसैँका लागि लामो दूरीको टिकट काट्न गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि सयौँ यात्रु लामबद्ध भएका छन्। सुदूरपश्चिम र कर्णाली जाने यात्रुको भीड व्यवस्थापन गर्न नागरिक सहायता कक्ष खटाइएको छ। तर, टिकट काउन्टरमा ‘अनलाइन होइन, नगद मात्रै’ भन्ने सूचना राखिएपछि यात्रुले नगद बोक्नुपर्ने र पकेटमारीको जोखिम बेहोर्नुपर्ने अवस्था छ। यसले डिजिटल भुक्तानीको अभ्यासमाथि प्रश्न उठाएको छ।

Read More

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत दिउँसो ३ बजे बोलकबोल हुनेछ। यसको सावाँ तथा ब्याज मंसिर २३ गते भुक्तानी गरिनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्।

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। पहिलो मतदान कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका थिए। मतपत्र छपाइ र प्राविधिक तयारीमा ढिलाइ हुँदा बिहीबारको मतदान स्थगित भएको थियो। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्।

Read More

काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गरेको आशंकामा प्रहरीले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बिहीबार साँझ छापा मार्दा करिब २१ किलो सुन र सुन गाल्ने, गुणस्तर जाँच्ने तथा विभिन्न आकारमा ढाल्ने उपकरण बरामद गरिएको हो। सुन कहाँबाट ल्याइएको थियो, कसलाई आपूर्ति गरिन्थ्यो र अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरेका छन् । ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए ।

Read More

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । बर्दिबासमा जारी नवौं महाधिवेशनको मनोनयनमा अध्यक्षमा उनको मात्र उम्मेदवारी परेको थियो । वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र महासचिवमा शिव हमाल निर्विरोध भएका छन् । अन्य पदमा आज मतदान हुँदैछ ।

Read More

सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको छ। सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बित दाहालबारे छानबिन समितिले बिहीबार प्रतिवेदन बुझाउँदै बर्खास्त गर्न सिफारिस गरेको हो। गृह मन्त्रालयले गत सोमबार उनलाई निलम्बन गरी तीन दिनभित्र छानबिन गर्न समिति गठन गरेको थियो। अब गृहमन्त्री सुधन गुरुङले बर्खास्तीसम्बन्धी निर्णय गर्न सक्ने गृह स्रोतले जनाएको छ।

Read More

एक अन्तर्राष्ट्रिय अध्ययनका अनुसार नेपालमा बढ्दो लागतका कारण ७० प्रतिशत नागरिकलाई आवास खर्च धान्न निकै कठिनाइ भइरहेको छ। यो समस्या विश्वव्यापी औसत (३४ प्रतिशत) भन्दा झन्डै दोब्बर हो। प्रतिवेदनअनुसार आर्थिक दबाबकै कारण २८ प्रतिशतले उपचारमा ढिलाइ गरेका छन् भने ६८ प्रतिशत नेपालीले आफ्नो आवासको अवस्थालाई जीवनको सबैभन्दा ठूलो मानसिक तनावको स्रोत मानेका छन्।

Read More

पोखरा महानगरपालिका–२८ माझठानामा शुक्रबार बिहान कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। विद्यार्थी लिएर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस कालिकास्थित ओख्लेको भिरबाट करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा चार जना विद्यार्थी र लिफ्ट लिएर चढेका एक स्थानीय, ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको छ। मृत विद्यार्थीहरूमा ममता तिवारी र अशिम कंडेलसहित अन्य दुई बालिका रहेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाका बेला बसमा विद्यार्थी, चालक र सहचालकसहित २२ जना सवार थिए। दुर्घटना लगतै स्थानीय र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)…

Read More

क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। स्विडिश एकेडेमीले शास्त्रीय परम्परासँगको क्रीडात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूप सिर्जना गरेको साहसी र नवीन कार्यका लागि उनलाई सम्मान गरेको हो। कार्सन नोबेल साहित्य पुरस्कार पाउने तेस्रो क्यानेडियन मूलकी लेखक बनेकी छन्। पुरस्कारसँगै उनले १२ मिलियन स्विडिश क्रोनर प्राप्त गर्नेछिन्।

Read More

नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहका भेला र अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय भेला गरिनेछ। भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष र संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन्। मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय पनि भएको छ।

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान हुन सकेन। बिहान १० बजेका लागि तय भएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्म पुर्‍याइए पनि सुरु हुन नसकेको हो। निर्वाचन समितिले नयाँ समय सार्वजनिक नगरेपछि शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने तय भएको संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्। निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको समितिले जनाएको छ।

Read More

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताएका छन्। निर्वाचनको मिति सरकारले आयोगसँगको परामर्शमा तय गर्ने र तोकिएको मितिमा निष्पक्ष तथा विवादरहित निर्वाचन गराउनु आयोगको दायित्व रहेको उनले बताए। स्थानीय तह लामो समय रिक्त राख्न नहुने भन्दै संवैधानिक र कानुनी व्यवस्थाअनुसार तयारी भइरहेको कार्कीले स्पष्ट गरेका छन्। स्थानीय तह र प्रदेश निर्वाचन एकैसाथ हुनेबारे अहिले भन्न नसकिने उनको भनाइ छ।

Read More

बिहीबार सेयर बजार परिसूचक नेप्से २.३१ अंकले बढेर २५७४ अंकमा कायम भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको ३ अर्ब ७४ करोडबाट बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। आज १४० कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ समूह ०.१९ प्रतिशत बढेपछि बजारलाई टेवा पुगेको छ।

Read More

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पुरुष एकदिवसीय विश्व वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ। नेपालले ३३ खेलबाट ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ। वरियतामा अमेरिकालाई १५औँ र नामिबियालाई १७औँ स्थानमा राखिएको छ। भारत शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्।

Read More

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष एमालेको स्थायी कमिटी बैठकमा शपथ लिएकी हुन्। एमाले सचिवालय बैठकले असोज ८ गते उनलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि केन्द्रीय कमिटीले पनि उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो। वरिष्ठ नेताको हैसियतमा भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन्।

Read More

भारत सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई नियुक्त गर्ने तयारी गरेको छ। सन् १९९३ ब्याचका भारतीय विदेश सेवा अधिकारी दलेला यसअघि सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि राजदूत थिए। उनले विदेश मन्त्रालयमा नेपाल–भुटान सम्बन्ध हेर्ने जिम्मेवारीसहित विभिन्न कूटनीतिक पद सम्हालिसकेका छन्। हाल उनी भारतीय विदेश मन्त्रालयमा सचिव (इकोनोमिक रिलेसन्स) का रूपमा कार्यरत छन्।

Read More

त्रिभुवन विश्वविद्यालयको आगामी ५२ औँ दीक्षान्त समारोहमा ९५ हजार ५४० जना विद्यार्थी दीक्षित हुने भएका छन्। हालै सम्पन्न त्रिवि सभाले यससम्बन्धी ग्रेसलिस्ट स्वीकृत गरेको हो। यस वर्ष सबैभन्दा ठूलो संख्या व्यवस्थापन संकायबाट ४३ हजार १४२ जना दीक्षित हुँदैछन्। विश्वविद्यालयले काठमाडौँमा मुख्य समारोह गर्ने र विद्यार्थीको सहजताका लागि सातै प्रदेशबाट समेत दीक्षित गर्ने विशेष तयारी गरेको छ।

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ। सम्पूर्ण तयारी पूरा नभएपछि बिहान १० बजेबाट सुरु हुने भनिएको मतदानलाई दिउँसो १ बजे सारिएको थियो। त्यसपछि पनि तयारी पूरा नभएपछि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग सहमति गर्दै मतदान दिउँसो २ बजेबाट गर्ने निर्णय गरेको उपसभापतिका उम्मेदवार रन्जित कर्णले जानकारी दिएका छन्।

Read More