Author: chhotokhabar

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाएका छन्। च्यासलमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध मोर्चाबन्दी हुन सक्ने बताए। सामाजिक सञ्जालमार्फत पार्टीको छवि बिगार्ने प्रयास भइरहेको उनको दाबी छ। ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि न्यायपूर्ण आन्दोलन आवश्यक पर्न सक्ने पनि बताए।

Read More

अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। संसदीय सुनुवाइ समितिको बैठकमा उनले राष्ट्रिय हित र कूटनीतिक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने बताए। सेवाग्राहीको सन्तुष्टिका लागि आवश्यक परे बिदाका दिन पनि सेवा दिने र बजेट व्यवस्थापनमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने उनको योजना छ।

Read More

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले सार्वजनिक सूचना जारी गर्न समिति सचिवालयलाई निर्देशन दिएको हो। न्यायपरिषद्ले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

Read More

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ। समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आधार विकासमा योगदान पुर्‍याएबापत उनीहरूलाई पुरस्कार दिइएको हो। उनीहरूको अनुसन्धानले आर्थिक मन्दी र उतारचढाव व्यवस्थापन गर्न तथा प्रभावकारी मौद्रिक र वित्तीय नीति निर्माण गर्न सहयोग पुर्‍याएको पुरस्कार समितिले जनाएको छ।

Read More

सोमबार नेप्से परिसूचक ४ अंक बढेर २,५९५ विन्दुमा पुगेको छ। कारोबार रकम अघिल्लो दिनको ४ अर्ब ८३ करोडबाट घटेर ४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ। बैंकिङ समूह १.०१ प्रतिशत बढ्दा व्यापार समूह १.०२ प्रतिशत उकालो लाग्यो। धौलागिरि लघुवित्तको मूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ भने रिजलाइन इनर्जीको मूल्य ६.२९ प्रतिशत घटेको छ।

Read More

चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले संसदीय सुनुवाइ समितिमा आफ्ना प्राथमिकता प्रस्तुत गरेका छन्। उनले दुई देशबीच विश्वास कायम राख्दै नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। व्यापार तथा निर्यात विस्तार, सीमावर्ती पूर्वाधार, केरुङ रेल कनेक्टिभिटी, पारवहन सुविधा र प्राथमिकताप्राप्त विकास आयोजनाको अनुगमनलाई उनले प्रमुख प्राथमिकतामा राखेका छन्। साथै, चीनमा नेपाली उत्पादनको बजार विस्तार गर्ने योजना पनि प्रस्तुत गरेका छन्।

Read More

संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका उजुरीबारे थप कागजात मगाउने निर्णय गरेको छ। जर्मनीबाट फर्काइएको भनिएको घटनाबारे परराष्ट्र मन्त्रालयसँग विवरण मागिनेछ। त्यस्तै, विवाहेत्तर सम्बन्धसम्बन्धी उजुरीमा ललितपुर प्रहरीसँग मिलापत्रका कागजात मागिएको छ। उजुरीका तथ्य अध्ययन गरी थप निर्णय गर्न समितिले कागजात मगाउने निर्णय गरेको हो।

Read More

शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ । यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो । यो सन् १९८२-१९८३, १९९७-१९९८ र २०१५-२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो । यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढेकाले हालको एल निनो अहिलेसम्मकै शक्तिशाली भएको निष्कर्ष निकाल्न नसकिने कोपर्निकसले जनाएको छ ।

Read More

भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्री बालेन शाहले छिट्टै भारत भ्रमण गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनामा उनले भ्रमणको निश्चित मिति तय हुन बाँकी रहेको उल्लेख गरेका छन्। नेपाल–भारतबीच उच्चस्तरीय भ्रमण, नियमित वार्ता र द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाएर आपसी सम्बन्ध सुदृढ गर्ने तथा समस्याहरू समाधान गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

Read More

गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। बैठक मंगलबार, असोज २७ गते नयाँ दिल्लीमा आयोजना हुँदैछ। बैठकमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ।

Read More

धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानले क्षतिग्रस्त पृथ्वी राजमार्ग मर्मत गर्न सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सडक बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार उक्त अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ। प्रशासनले यात्रुलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।

Read More

भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद, पत्रकार र प्रदर्शनकारीमाथि दुर्व्यवहार गरेको विपक्षी नेता तथा पत्रकारहरूले आरोप लगाएका छन् । निर्वाचन प्रमुखको राजीनामा माग्दै सोमबार थप प्रदर्शनको तयारी भइरहँदा प्रहरीले नयाँदिल्लीका प्रमुख सडकमा अवरोध खडा गर्नुका साथै मेट्रो स्टेसनहरू बन्द गरेको छ ।भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले सर्वोच्च अदालततर्फ पदयात्रा गर्न समर्थकहरूलाई आह्वान गरेका छन् । प्रहरीले मध्य दिल्लीमा लगातार तेस्रो दिन हजारौँ सुरक्षाकर्मी परिचालन गरेको छ ।

Read More

अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो असिना र तीव्र हावाले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। घटनापछि १०० भन्दा बढी व्यक्तिले आपत्कालीन सहायता मागेका छन्।राज्यका विभिन्न भागमा आइतबार दिउँसोदेखि सुरु भएको आँधी आइतबार राति राजधानी एडिलेडसम्म पुगेको थियो। तीव्र हावा र ठूलो असिनासहित आएको आँधीले जनजीवन प्रभावित बनाएको थियो।राज्य आपत्कालीन सेवा (एसईएस) का अनुसार आइतबार दिउँसोदेखि सोमबारसम्म सहायता माग्दै १०० भन्दा बढी फोन आएका छन्। तीमध्ये अधिकांश फोन रुख ढलेका घटनासँग सम्बन्धित थिए।

Read More

युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ । इरानले उक्त जवाफलाई अपर्याप्त ठहर गर्दै युद्ध पुनः चर्किएमा क्षेत्रीय डेटा सेन्टर, सञ्चार केबल तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारलाई लक्षित गर्न सक्ने चेतावनी दिएको छ ।इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले अमेरिकाले प्रस्ताव गरेका सात सर्तमध्ये केही स्वीकार गरे पनि अन्य विषयमा अझै स्पष्टता आवश्यक रहेको उल्लेख गरेका छन् ।

Read More

यमनका हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गरी प्रहार गरेका एक ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र साउदी सैन्य गठबन्धनले बीचमै रोकेर नष्ट गरेको छ। साउदीको पूर्वी प्रान्त र दक्षिणपश्चिमी क्षेत्रलाई लक्षित गरी सोमबार (असोज १०) यी आक्रमणहरू गरिएका थिए।यसअघि शनिबार (असोज ८ ) र आइतबार (असोज १०) साउदीका दुई प्रमुख विमानस्थल (रियाद र दम्माम) मा भएका शृङ्खलाबद्ध हुथी आक्रमणहरूमा परेर हालसम्म १३ जनाको मृत्यु भइसकेको छ भने ३२० जना घाइते भएका छन्। शनिबारको घातक आक्रमणपछि आइतबार पुनः रियाद र दम्मामका विमानस्थललाई लक्षित गरी थप हवाई आक्रमणहरू गरिएका थिए।

Read More

पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ । उक्त मार्ग निर्माण कम्पनीको लापर्वाहीका कारण ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन । तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ ।मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल-भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका-१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका-४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।विसं २०७७ माघ १९ तीन चरणमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएकामा कुनै पनि खण्डमा ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन ।

Read More

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए ।उनले भने, “पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु/गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहमं आवश्यकता पर्दछ । जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो । प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला ।”समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित थिए…

Read More

विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सन् २०२६ को प्रतिवेदनअनुसार विश्वमा तीव्र गरिबीमा बाँच्नेको सङ्ख्या ५ करोड १५ लाखले बढेर १ अर्ब २० करोड पुगेको छ।विश्वभर गरिबी बढे पनि इजिप्ट, ताजिकिस्तान र नेपालमा भने बहुआयामिक गरिबीको दर र गरिबको सङ्ख्या उल्लेखनीय रूपमा घटेको प्रतिवेदनले जनाएको छ।युएनडीपीका प्रशासक अलेक्जान्डर डे क्रोका अनुसार गरिबीमा रहेका मानिसले भोकमरी, विद्यालय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था तथा स्वच्छ पानी र बिजुलीको अभावजस्ता एकअर्कासँग जोडिएका समस्याको सामना गरिरहेका छन्।

Read More

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुवात गरिएको छ । बर्षातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो ।वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरु सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् ।

Read More

बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबारे हिजोको खबरपछि, विपद् व्यवस्थापन अधिकारीहरूले क्षतिको पहिलो विस्तृत विवरण सार्वजनिक गरेका छन्। उत्तरी गोरखाको सिरिङ्गे हिमालबाट खसेको भीषण पहिरोले उइनगुलुङ खोला थुनिँदा नदी तटीय क्षेत्रमा ठूलो विनाश भएको पुष्टि भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म विभिन्न गाउँपालिकाका २०४ घरधुरी प्रभावित वा विस्थापित भएका छन्। बाढीले ५ वटा प्रमुख पुल र ११ वटा खानेपानी आयोजनामा गम्भीर क्षति पुर्‍याएपछि तटीय क्षेत्रको जनजीवन र सम्पर्क ठप्प भएको छ।प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि ७०३ जना सेना र प्रहरीका टोलीहरू खटिएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत हालसम्म ९५ जनाको जीवितै उद्धार गरी सुरक्षित स्थानमा…

Read More