Author: chhotokhabar

बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ-बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ ।पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व-पश्चिम, जाजरकोटका पोखरा-काठमाडौँ जाने-आउने सवारीसाधनहरुले पनि बागलुङ-बेनी-मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

Read More

विदेशी मुद्राको आजको दर: डलर, युरो र पाउन्ड कति ?राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर…

Read More

नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो स्वरूप — ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।यसअघि, नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थलमा नौ दुर्गाकी पहिलो देवी शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा अर्चना गरिएको थियो। दोस्रो दिन आज भने सोही पूजास्थलमा देवी ब्रह्मचारिणीको आह्वान गरी विशेष पूजा गर्न लागिएको हो।नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्रहरूको पाठ गर्ने गरिन्छ। नवरात्रभरि देवीको आराधना र पूजा गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।चलन छ।

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) महामन्त्रीमा विजयी भएका छन्। महामन्त्री खुलातर्फको मतगणनामा पौडेलले चार हजार १९४ मत प्राप्त गर्दै महामन्त्री पदमा विजयी भएका हुन् । राणाले दुइ हजार ३३० मत प्राप्त गर्दै अर्का महामन्त्री बनेका छन्।अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।महिला महामन्त्रीतर्फको पदमा डा. संग्रौला (पन्त) तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले…

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।उपसभापति खुलातर्फको मतगणनामा भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो विजयी भएका हुन् । आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन्।अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।उपसभापति समावेशीतर्फको पदमा चौधरीले एक हजार ७४५ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरेका…

Read More

भारतीय लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले सोमबार दिल्लीमा सर्वोच्च अदालतसम्म विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। विपक्षी दल, नागरिक समाज र आम नागरिकले ‘मत चोरी’ रोक्न, मतदाता सूचीको विशेष गहन पुनरावलोकन तत्काल बन्द गर्न र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै सर्वोच्च अदालतसम्म मार्च गर्ने उनले बताए। गान्धीका अनुसार प्रदर्शनका क्रममा भारतका प्रधानन्यायाधीशलाई एउटा ज्ञापनपत्र बुझाइनेछ, जसमा मत चोरी रोक्ने, एसआईआर प्रक्रिया बन्द गर्ने र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्ने विषयहरू समेटिएका छन्। यसैबीच, सामाजिक सञ्जाल एक्स मा एक पोस्ट गर्दै गान्धीले शनिबार दिल्लीमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवाहरूमाथि प्रहरी र बीजेपी कार्यकर्ताहरूले आक्रमण गरेको दाबी समेत गरेका…

Read More

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताएका छन् ।नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताएका छन् । मिडिया इन्टरनेसनलले आज काठमाडौँमा शुभारम्भ गरेको ‘सम्भावना’ कार्यक्रममा अध्यक्ष डा. भट्टले पुँजी बजारको दायरा विस्तार गरी देशको आर्थिक विकास र उत्पादन वृद्धिसँग जोड्नुपर्नेमा जोड दिए । उनले आमनागरिकले पुँजी बजारलाई मुख्यतः सेयर किनबेचका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै यसको वास्तविक उद्देश्य, सम्भावना र आर्थिक विकासमा…

Read More

बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ९५ जनालाई नेपाली सेनाले हालसम्म जीवितै उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। सेनाको आधिकारिक फेसबुक पेजका अनुसार स्थल मार्ग र चारवटा हेलिकोप्टर परिचालन गरी आरुघाट क्षेत्रबाट उद्धार गरिएकामध्ये ९ जना विदेशीसहित ३५ जनालाई काठमाडौँ ल्याइएको छ।बाढीले आरुघाट-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि यातायात ठप्प भएको छ। आवतजावत पुनः सञ्चालन गर्न सेनाको इन्जिनियरिङ टोली बेलिब्रिज जडानको तयारीका लागि कार्यक्षेत्रमा खटिएको छ। अन्य सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ।

Read More

प्रधानमन्त्री वालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच बिहान गएको पहिरोका कारण बूढीगण्डकीमा लेदोसहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिए । बाढीमा परी पाँच जना बेपत्ता भएको र उनीहरूको खोजी तीव्र पारिएको पनि उनले उल्लेख गरेका छन् ।

Read More

संयुक्त राष्ट्रसङ्घीय निकायले आइतबार बताएअनुसार अक्टोबर ८ र ९ को रात जिबुटीको तटमा डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । उक्त घटनामा करिब ११६ जना बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को विज्ञप्तिअनुसार घटनामा बाँचन सफल आप्रबासीहरूका अनुसार जिबुटीबाट यमन जाँदै गरेको ३०५ जना बोकेको उक्त जहाज जिबुटीको ओबोक सहरको उत्तरमा पल्टिएको थियो । बरामद भएका १०९ शवमध्ये पुरुष ५२, महिला ४२ र बालबालिका १५ रहेका विज्ञप्तिमा जनाइएको छ। मृतक बालबालिकामध्ये बालिका नौ र बालक छ रहेका छन् । डुङ्गा दुर्घटनामा ८० भन्दा बढी व्यक्ति बाँचेका छन् र उनीहरू सबै इथियोपियाली नागरिक हुन् ।

Read More

बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा हालसम्म दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको उल्लेख छ । चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवनसमेत बगाएको छ । बाढीका कारण उत्तरी गोरखाको तीन वटा हाइड्रोपावर आयोजनामासमेत क्षति पुगेको छ ।

Read More

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब…

Read More

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी भएको छ । जारी लिग-२ मा नेपालको १२औँ जित हो । यो जितपछि नेपालले एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ ।आज भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ दशमलव चार ओभरमा २११ रनमा अलआउट भयो । यसअघि नेपालका लागि रोहितकुमार पौडेलले सानदार पारी खेले । उनले १०७ बलमा आठ चौका र एक छक्कासहित १०१ रनको पारी खेलेका हुन् । यस्तै, गुलशन झाले ४८ बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे । क्यानडाका लागि बलिङमा अखिल कुमारले सर्वाधिक चार विकेट…

Read More

नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत सानेपामा ४,६०० मत गणना भएको छ। पछिल्लो परिणाम अनुसार खुलातर्फ उपसभापतिमा चन्द्र भण्डारी (२३४३) र महामन्त्रीमा प्रदीप पौडेल (२६५७) भारी मतका साथ अगाडि छन्। यस्तै, समावेशी उपसभापतिमा बिनोद चौधरी (११४५) र महिलातर्फ डिला संग्रौला (२०३७) को अग्रता छ। निर्वाचन समितिका अनुसार पदाधिकारीतर्फ अब सहमहामन्त्री पदको समेत मतगणना सुरु भइसकेको छ।

Read More

धादिङको गजुरी गाउँपालिका-५, गलौँदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएको छ। गत शुक्रबार त्रिशूली नदीले सडक कटान गरी राजमार्गको एक हिस्सा भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।नेपाल प्रहरीका अनुसार लगातारको मर्मत प्रयासपछि आइतबार दिउँसो ३:१० बजेदेखि सडक दुवैतर्फी सञ्चालन गरिएको हो। सडक खुला भएसँगै विगत दुई दिनदेखि उक्त खण्डमा रोकिएका सयौँ सवारीसाधन र यात्रुहरू सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३ हजार ४३५ मतगणना हुँदा केन्द्रीय उपसभापति (खुला) मा डा. चन्द्रकान्त भण्डारीले १,६८६ मत पाएर अग्रता लिएका छन् । खुला उपसभापतिमा मधु आचार्य १,०९० मतसहित दोस्रो छन् । महामन्त्री (खुला) मा प्रदीप पौडेल २,०५५ मतसहित अगाडि छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला १,५१७ मतसहित अगाडि छिन् । समावेशी उपसभापतिमा बिनोद कुमार चौधरी ८९६ मतसहित अगाडि छन् । मतगणना जारी छ । महाधिवेशनमा ७,०४३ मत खसेको थियो ।

Read More

रोहितकुमार पौडेलको शतकमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार ओमानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । नेपालका रोहितले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरी सर्वाधिक १०१ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टीमका पुर्व कप्तान रोहितको यो तेस्रो शतक हो । नेपालका गुल्सनकुमार झाले ४८, बसिर अहमदले ३० र अर्जुन कमालले २३ रन जोडे । क्यानडाका अखिल कुमारले चार, सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट लिए ।

Read More

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ को उङ्गिलुङ खोलातर्फबाट आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीले व्यापक क्षति पुर्‍याएको छ । बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका क्षेत्रका दुई वटा मोटरेबल पुल तथा चार वटा झोलुङ्गे पुलमा क्षति पुर्‍यायो । बूढीगण्डकी किनारका सल्लेरी, घट्टेखोला, पैँयु, दोभान, बगर, माछीखोला, यारुबगर र सोतीका दर्जनौँ घरधुरीमा पनि क्षति पुगेको छ । बाढीले यी क्षेत्रका पूर्वाधारमा ठूलो असर पारेको छ ।

Read More

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले पक्की पुल बगाएपछि रसुवा र नुवाकोट जिल्ला जोड्ने फलाखुखोलामा निर्माण गरिएको नयाँ मोडुलर एक्रो ब्रिज (बेलीब्रिज) सञ्चालनमा आएको छ। नेपाली सेनाद्वारा असोज २० गतेदेखि निर्माण सुरु गरी २५ गते सम्पन्न गरिएको उक्त बेलीब्रिज आइतबार आयोजित एक कार्यक्रमका बिच सडक विभागलाई हस्तान्तरण गरिएको हो। बेलीब्रिज सञ्चालनमा आएपछि सवारी साधन आवतजावत सहज भएको छ।

Read More

भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ । उनीहरूले परियोजनाले पानी र बिजुलीको स्रोतमा चाप बढाउनुका साथै वातावरणमा क्षति पुर्‍याउने र अपेक्षाकृत कम रोजगारी सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन् । विशाखापटनममा निर्माण हुने उक्त डाटा सेन्टरका लागि जङ्गल र खेतीयोग्य जमिन खाली गर्न थालिएको छ । अमेरिकाबाहिर गुगलको सबैभन्दा ठूलो डाटा सेन्टर बन्ने यो परियोजनालाई भारतले आफ्नो प्रविधि क्षेत्र विस्तार गर्ने महत्वाकाङ्क्षी योजनाको प्रमुख हिस्साका रूपमा अघि बढाएको छ ।

Read More