Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन्। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृत्यु हुनेमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतकमध्ये बंगलादेशका दुई जना तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना छन्। साउदी नेतृत्वको गठबन्धनले आक्रमणका लागि छिमेकी यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीलाई जिम्मेवार ठहर गरेको छ।
नेपालीहरूको महान् पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ। पहिलो दिन हनुमानढोकास्थित दशैंघरमा वैदिक विधिपूर्वक जौ, मकै र गहुँ छरेर जमरा राखिएको छ। नौ दिनसम्म दुर्गा भवानीको पूजा-आराधना गरिने यो जमरा विजयादशमीका दिन मान्यजनको हातबाट टीकासँगै प्रसाद र आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ। यसैसँग नवदुर्गाको पूजा पनि सुरु भएको छ।
बूढीगण्डकी नदीको बाढीमा फसेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। सेनाका अनुसार जगत गाउँबाट छ जना, न्याक्फेदीबाट नौ जना तथा यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित नु जनाको उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रहरूमध्ये हालसम्म सबैभन्दा बढी १२ जनाको पायुबाट उद्धार गरिएको जानकारी नेपाली सेनाले दिएको छ।
मुस्ताङ: बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी-जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् । उनका अनुसार असोज २३ गते साँझ बेनी-जोमसोम सडक मर्मतपछि सूचारु भएसंगै पहिलो दिन ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएका हुन् । असोज २४ गते सडक खुलेको दोस्रो दिन मुस्ताङबाट ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
गोरखाको तुम्जेस्थित बुढीगण्डकीको सहायक नदीमा पहिरोले नदी थुनिएर फुट्दा आएको आकस्मिक बाढीले आरुघाटको बाढी मापन केन्द्र र एउटा पुल बगाएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बुढीगण्डकी-आरुघाट केन्द्रमा बिहान ६:३० बजे २.२८ मिटर रहेको जलसतह ७:५० बजे ५.०१ मिटर पुगेर खतराको तह नाघेको थियो। त्यसपछि तीव्र रूपमा बढ्दै बिहान ८:४० बजे जलसतह ८.४३ मिटर पुगेलगत्तै बाढीले मापन केन्द्र बगाएकाले थप विवरण प्राप्त हुन सकेको छैन। उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा छिटपुट वर्षा मात्र भएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना देखिँदैन। प्रारम्भिक सूचना तथा भू-उपग्रह तस्बिरहरूको अवलोकनका आधारमा पहिरोले नदी थुनिएर फुट्न गई एक्कासि बाढी आएको हुन सक्ने महाशाखाको अनुमान छ।
भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आइतबार रिहा भएका छन्। नयाँ दिल्लीमा शनिबार आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो। कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानुनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दिप्केसहित तीनै जनालाई एक वर्षसम्म शान्ति भङ्ग नगर्ने सर्तमा रिहा गरेको हो। देशव्यापी मतदाता नामावली पुनरावलोकनमा अनियमितता भएको आरोप लगाउँदै केही सातादेखि जारी विरोध अभियानको निरन्तरताका रूपमा उक्त प्रदर्शन आयोजना गरिएको थियो।
कञ्चनपुर: दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ । भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दसैँ मनाउन घर फर्किने गरेका छन् । चाडपर्वको समयमा घर फर्किने यात्रुको चाप बढेपछि यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायताकक्षसमेत स्थापना गरेको छ ।
बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् । बाढीले चुमनुब्रीगाउँपालिका-३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान…
बूढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो । देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ । मुग्लिनसम्म बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।
बूढीगण्डकी नदीमा आएको बाढीपछि नेपाली सेनाको फौज हवाई र स्थल मार्गबाट खोज तथा उद्धारमा खटिएको प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक संजालमार्फत जानकारी दिएका छन्। पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ। प्रधानमन्त्री शाहका अनुसारकाठमाडौँमा रहेको कम्पोजिट क्विक रिएक्सन टोली पनि हवाईमार्गबाट जगत इलाकामा तैनाथ भएको छ। बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर तत्काल परिचालन गरिएका छन्। आकस्मिक सम्पर्क नम्बरहरू:
गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकीको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको जानकारी दिएका छन्। नदीको बहाव निरन्तर बढिरहेकाले उद्धार, राहत र प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर परिचालन गरिएको उनले बताए। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई खटाइएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरे। उनले आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्। उनको संवाद सचिवालय निर्मल निवासले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले यस वर्षको वडा दसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गरेको जानकारी दिएको होदेशका विभिन्न भागमा गएको भीषण बाढी, पहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको, हजारौँ नागरिक विस्थापित भएको र सयौँको दुःखद निधन भएकाले यो निर्णय लिइएको सचिवालयले जनाएको छ।
चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिको विवरण आउन थालेको छ । बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुर्याएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन्। चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध प्रतिबन्ध लगाएको छ। आईसीसीकी पूर्व दक्षिण अफ्रिकी न्यायाधीश नावी पिल्लेले सन् २०२६ को नोबेल शान्ति पुरस्कार जितेको खबर सार्वजनिक भएको केही घण्टामै अमेरिकाले यो अप्रत्याशित कदम चालेको हो। यस निर्णयले विश्वभर न्यायिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
गोरखाको चुमनुब्रीमा आज बिहानदेखि बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ। स्थानीय अधिकारीहरू र मौसमविद्हरूका अनुसार उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी नपरेकाले सुख्खा पहिरोले खोला थुनिएको आशंका गरिएको छ। बाढीका कारण सल्लेरी र जगत बजार उच्च जोखिममा परेका छन्। हालसम्म मानवीय क्षति नभए पनि तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
नेपालीहरूको महान् चाड बडादशैं आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। पन्ध्र दिन मनाइने यस पर्वको पहिलो दिन आज देशभरका घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:४७ बजे घटस्थापनाको शुभ साइत तोकेको छ। परम्पराअनुसार पूजाकोठामा चोखो माटो र बालुवा राखिएको भाँडोमा कलश स्थापना गरी जौ, मकै वा गहुँको जमरा राखिन्छ। यस वर्ष विजयादशमीको मूल टीका कात्तिक ४ गते लगाइनेछ।
भारतको दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकार पक्राउ परेका छन्। यसअघि जन्तर मन्तरनजिकैबाट झन्डै एक हजार समर्थक पक्राउ गरिएको थियो। पार्टीका संस्थापकहरू र युट्युबर ध्रुव राठीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिक अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। नार्के र पिन्थलीबेँसीबीच निर्माणाधीन सडकखण्डमा लेदो र गेग्रान खसेपछि यातायात रोकिएको थियो। डोजरको सहायताले अवरोध हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले अन्य स्थानमा पनि अवरोध हुन सक्ने भन्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा बाढी प्रभावित क्षेत्रको राहत, पुनर्लाभ र पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान घोषणा गरेको छ। यससँगै कुल सहायता २६ मिलियन डलर पुगेको छ। फिजी र टुभालुमा जलवायु सम्मेलनपूर्व आयोजित कार्यक्रममा सहभागी मन्त्री खनालले जलवायु न्याय, अनुदानमा आधारित वित्त, हिमालय संरक्षण र पूर्वसूचना प्रणालीमा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका छन्।
चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ गते हुने भएको छ। संसदीय सुनुवाइ समितिको बैठक बिहान ९:१५ बजे सिंहदरबारमा बस्नेछ। चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा प्रस्तावित छन्। उनीहरूको कूटनीतिक, सुरक्षा, आर्थिक तथा सैन्य क्षेत्रको अनुभवका आधारमा सुनुवाइ गरिनेछ।

